Tribal Rain – Sunyata Lyrics

शून्यता र अन्धकार भित्रभित्रै बिलाएर इच्छाहरू मरिसक्यो, ओ
आकाश, धर्ती, सुन्दर संसार सबै पाएर पनि तिमीमा प्राण भर्न सकेन

यो दिन फेरि आउँदैन, जीवन फेरि पाउँदैन
बाहिर देखेको जस्तो भित्र हुँदैन
समयले त छोडिदिए, सपनालाई तोडिदिए
सोचेको जस्तै यहाँ हुँदैन

काँडाको बाटोमा एक्लो हिँड्न सके
आज यहाँ आफैलाई सम्हालिदेऊ
कसैको याद, कसैको साथ
कसैको मायालाई भुलिदेऊ

Comments (0)